प्रधानमन्त्री ओलीद्वारा दमक क्याम्पसको भवन शिलान्यास

दमक,प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँस्थित दमक क्याम्पसको थप नयाँ भवनको शिलान्यास गर्नुभएको छ । क्याम्पसको संयोजनमा आज भर्चुअलका माध्यमबाट उहाँले भवनको शिलान्यास गर्नुभयो ।

शिलान्यास गरिएका व्यावसायिक प्रयोजनसहितका चारवटा ब्लक रहनेछन् । हरेक भवन अन्डरग्राउन्ड पार्किङसहित पाँच तलाका हुनेछन् । त्यसमा एकतला सटर र एउटा भवनमा छवटा कक्षा कोठा हुनेछन् । चौतीस कक्षा कोठा र १८ सटरसहितका भवन बन्ने सञ्चालक देउकुमार नेम्बाङले बताउनुभयो ।

नगरपालिकामार्फत रु आठ करोड ९४ लाखको लागतमा ठेक्का लागेको हो । निर्माण सम्झौता १० महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने उहाँले बताउनुभयो ।

भर्चुअलमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले पूर्वकै गहनाका रुपमा शैक्षिक प्रतिष्ठानका रुपमा विकास गर्न उक्त क्याम्पसलाई भौतिक पूर्वाधार बनाउनका लागि चालु आर्थिक वर्षमा उल्लेख्य बजेट विनियोजन गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएपछि अन्य संरचनाको नगरपालिकाका प्रमुख रोमनाथ ओलीले समेत स्थलगत शिलान्यास गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।