मनिषा कोइराला फाउन्डेशनद्वारा स्वास्थ्य सामग्री सहयोग

खलङ्गा, बलिउड नायिका मनिषा कोइरालाले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । मनिषा कोइराला फाउन्डेशनबाट पिपिई सेट ४१०, चस्मा ३५० थान, एन नाइन्टीफाइभ मास्क ३०० थान, १० हजार ट्याबलेट डेक्सोना औषधि, रियुजेबल गाउन ६० सेट सहयोग गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।

प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलको समन्वयमा नायिका कोइरालाले फाउन्डेशनमार्फत सहयोग गर्नुभएको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सामग्री काठमाडाँैबाट जुम्ला ल्याउन भने नेपाली सेनाले सहयोग गरेको छ । प्रतिष्ठानले विपत्को समयमा सहयोगी हात जुट्न थालेको बताउँदै प्रतिष्ठानले सो फाउन्डेशनलाई धन्यवाद ज्ञापन गरेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना पोजेटिभ बिरामीलाई उपचार गर्नाका साथै जिल्लाबाहिर परिचालन गरी काम गरिरहेको छ भने प्रतिष्ठानमा उपचार गर्न यस पटक सुगुम क्षेत्रबाट पनि बिरामी आउने गरेका छन् । प्रतिष्ठानले १२० शय्या आइसोलेशन, १२ शय्याको आइसियु र २४ एचडियु सञ्चालनमा रहेको प्रतिष्ठानका प्रवक्ता रमेश भट्टाराईले बताउनुभयो । यसैगरी २० कोरोना सङ्क्रमितको शय्यामा सिधै अक्सिजन प्लान्टबाट अक्सिजन आपूर्ति भइरहेको प्रतिष्ठानले जनाएको छ ।

रेडक्रसबाट मास्क र पिपिई प्रदान

नेपाल रेडक्रस सोसाइटी जुम्लाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई १० हजार मास्क र २० सेट पिपिई हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश अध्यक्ष भेषबहादुर थापा र नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य ललितजङ्ग शाहीबाट उक्त सामग्री प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई हस्तान्तरण गरिएको हो ।

चीन रेडक्रसबाट प्राप्त भएका ३६ हजार मास्कमध्ये १० हजार स्थानीय प्रशासन र अन्य स्थानीय तह तथा अन्य क्षेत्रलाई वितरण गरिने भएको रेडक्रस जुम्लाका मन्त्री इन्द्रराज डाँगीले बताउनुभयो ।

उहाँका अनुसार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाले विभिन्न स्थानमा सञ्चालन भइरहेका क्वारन्टिन साइटको सहयोगका लागि एकसय परिवार जतिलाई पुग्ने गरी खाद्य सामग्रीसमेत नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयसँग माग गरिएको छ ।

रेडक्रस जिल्ला शाखाले विगत एक वर्षदेखि कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाभित्र लक्षित गरी कोभिड पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम सञ्चालन भइरहेको छ ।

जनचेतना अभिवृद्धि गराउने, कोभिडसम्बन्धी सही सूचना प्रवाह गर्ने, बाल संरक्षणसम्बन्धी गतिविधि, कन्ट्याक्ट टे«सिङ सहयोग, समुदाय र विद्यालयमा स्वच्छ खानेपानी तथा सरसफाइसम्बन्धी गतिविधि भइरहेको मन्त्री डाँगीले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।