कोरोनाविरुद्धको खोप, ४८ हजारले लगाए
भक्तपुर,यहाँका ४८ हजार २५७ जनाले कोरोना भाइरस विरुद्धको चिनियाँ खोप (भेरोसेल)को दोस्रो मात्रा लगाएका छन् । जिल्लाका चार नगरपालिकामा सञ्चालित दोश्रो चरणको खोप कार्यक्रम अन्तर्गत सो सङ्ख्यामा खोप लगाइएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार खोप कार्यक्रममा सूर्यविनायकमा १२ हजार ४५२ , मध्यपुरथिमिमा ११ हजार ३१९ , भक्तपुरमा १६ हजार ३४७ र चाँगुनारायणमा ८ हजार १३९ जनाले खोप लगाएका छन् ।
भेरोसेलको पहिलो मात्रा लगाउने १८ वर्षमाथिका नगरबासीलाई खोप लगाइएको थियो । जिल्लामा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या २० हजार ६१३ पुगेको छ । ती मध्ये ११ हजार २८५ पुरुष र ९ हजार ३२८ महिला छन् ।
त् िसक्रिय सङक्रमितको सङ्ख्या एकहजार २५९ छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोरोनाबाट २७० जनाको मृ,त्यु, भएको छ । ती मध्ये १७४ पुरुष र ९६ महिला छन् ।
यो पनि पढ्नुहोस
बाँके,पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।
भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी भएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो ।


