मुख्यमन्त्रीलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

गोदावरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिनुभयो ।

मुख्यमन्त्री भट्टले आज विश्वासको मत सदनबाट लिने भएपछि एमाले सुदूरपश्चिम प्रदेश कमिटीको निर्णयले असहयोग गर्न भनि दलका सदस्यलाई ह्वीप जारी गरी पत्र पठाएको तर दलको बैठकले पार्टीको निर्णय विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ ।

प्रदेशमा एमालेका २४ जना सदस्य रहेको संसदीय दलको बैठकमा छ जना प्रदेशसभा सदस्य सहभागी भए पनि उपस्थिति भएका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका प्रदेशसभा सदस्य लिलाधर भट्ट, ग्याल्बुसिंह बोहरा, रतन थापा, नेपालु चौधरी र माया लामा तामाङले उपस्थिति नगरेको जनाइएको छ । उनीहरूले सदनमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाइएको छ ।

बाउन्न जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले एमालेबाट १७ र नेकपा (माओवादी केन्द्र)बाट १३ गरी ३० मत पाउने निश्चित भइसकेको छ । नेपाली कांग्रेस संसदीय दलको बैठक भने जारी छ । नेपाली कांग्रेसले केन्द्रको निर्णयअनुसार अघि बढ्ने जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।