प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की नदियको खुलसा
काठमाडौँ,निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ ।
उहाँले आज विज्ञप्ति प्रकाशन गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।
राष्ट्रको चौथो अङ्गका रूपमा रहेको पत्रकार तथा पत्रकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफूले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागिपरेको र अबका दिनमा पनि सहयोग गरिरहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले विज्ञप्तिमा भन्नुभएको छ – विनाकारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिनसमेत सबैमा आग्रह गर्दछु ।
यो पनि पढ्नुहोस
ओखलढुङ्गा, सरकारले स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि ४२ करोड बजेट विनियोजन गरेको छ । माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु र खोटाङलाई व्यवस्थित एउटै सडक सञ्जालमा जोड्ने उक्त आयोजना निर्माणका लागि आगामी वर्ष काम गर्नेगरी सरकारले ४२ करोड बजेट विनियोजन गरेको हो ।
स्वर्ण सगरमाथा वृहत चक्रपथ निर्माणका लागि बजेट विनियोजन भएको प्रदेश–१ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । नयाँ आर्थिक वर्ष शुरु भए लगत्तै आयोजना निर्माणको काम अघि बढ्ने र यसले माथिल्लो सगरमाथा क्षेत्रका तीन जिल्लाको समृद्धिमा टेवा पुग्ने उहाँको भनाइ छ ।
मन्त्री गुरुङले भन्नुभयो, “४२ करोड बजेटले काम अघि बढ्दै गर्छ थप बजेट हामी व्यवस्थापन गर्छौँ ।” ओखलढुङ्गा सदरमुकामबाट शुरु हुने स्वर्ण सगरमाथा वृहत चक्रपथ सोलुखुम्बु सदरमुकाम सल्लेरी हुँदै खोटाङ सदरमुकाम दिक्तेलबाट फेरी ओखलढुङ्गा जोडिने छ ।


