धनकुटाका १२ सय ४७ जनाले लगाए कोरोना भाईरस विरुद्धको भेरोसेल खोप
धनकुटा । धनकुटाका १२ सय ४७ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन् ।
हिजो र आज जिल्लामा सञ्चालित खोप कार्यक्रम अन्र्तगत उल्लेखित संख्याका नागरिकले खोप लगाएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गरागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार अाज महालक्षमी नगरपालिकाका १५५, पाख्रीवास नगरपालिकाका ३२, छथरजोरपाटी गाउँपालिकाका १५४, शहिदभूमी गाउँपालिकाका ७१, चौविसे गाउँपालिकाका २२, सागुरीगढी गाउँपालिकाका ११७ र धनकुटा नगरपालिकाका २२६ गरि जम्मा ७७७ जनाले खोप लगाएका हुन् ।
यसअघि हिजाे ४७० जनाले खाेप लगाएका थिए । सरकारले छिमेकी मुलुक चिनबाट सहयोग स्वरुप प्राप्त गरेको भेरोसेल नामक खोप जिल्लाका नागरिकलाई लगाईएकाे हाे ।


