पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

गण्डकी,गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आज बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो । कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ ।

बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस

कैलाली, सुरक्षित मातृत्व सञ्जाल महासङ्घले कोरोना महामारीबीच धनगढीमा आयोजना गरेको एकमहिने रक्तदान कार्यक्रमअन्तर्गत आज अन्तिम दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको छ ।

धनगढी उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा महासङ्घले यही जेठ १ गतेबाट शुरु गरेको रक्तदान कार्यक्रमको ३०औँ दिनसम्म ३५० पिन्ट रगत सङ्कलन भएको सुरक्षित मातृत्व सञ्जाल महासङ्घका अध्यक्ष तपेन्द्र भुसालले जानकारी दिनुभयो ।

कोरोना महामारीबीच कुनै पनि रगतको आवश्यकता भएका मानिसलाई अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अध्यक्ष भुसालले बताउनुभयो ।

कोरोनाका कारणले मात्र अप्ठ्यारो परेका मानिसलाई मात्र नभई अन्य नियमित रुपमा चाहिने व्यक्ति, दुर्घटनामा परेका, डेलिभरीलगायत अन्य बिरामीका लागि पनि रगत सजिलै उपलब्ध गराउने अभियान रहेको उहाँको भनाइ छ ।

रक्तदान कार्यक्रमलाई अझै प्रभावकारी बनाउन केही दिन समुदाय तथा वडास्तरमा समेत रक्तदान कार्यक्रमको आयोजना गरेको बताइएको छ । एकमहिने रक्तदान अभियानमा हालसम्म यहाँका विभिन्न सङ्घसंस्था तथा क्लबमा आबद्ध व्यक्ति, विद्यार्थी, खेलाडी, दलका भ्रातृ सङ्गठन, समाजसेवी, सर्वसाधारण लगायतले रक्तदान गरेको महासङ्घले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।