धनकुटाका जम्मा २ हजार ५३ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाए
असार १,धनकुटा । धनकुटाका जम्मा २ हजार ५३ जनाले कोरोना भाईरस विरुद्धको भेरोसेल खोप लगाएका छन् ।
गत जेष्ठ २७ गते देखी आज सम्म जिल्लाका उल्लेखित संख्याका नागरिकलाई सो खोप लगाइएको स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
पालिकाहरुमा पठाईएका मध्ये केही खोप फिर्ता आएकोले अव अन्य सरोकारवाला पक्ष समेत सँग सल्लाह गरेर बाँकी खोप थप नागरिकलाई लगाईने उहाँले वताउनुभयो ।
नेपाल सरकारले छिमेकी मुलुक चिनबाट प्राप्त गरेको भेरोसेल खोप जिल्लाका ६२ देखी ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो मात्रा लगाईएको हो । स्वास्थ्य कार्यलयका अनुसार जिल्लामा २२ यस २० भायल खोप प्राप्त भएको थियो ।(फाइल तस्बीर)


