कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध

कर्णाली, कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवद्र्वन गर्न र कर्मचारीहरूको मनोबल बढाउन पर्यटन खर्चसहित १२ दिन बिदा उपलब्ध गराउने भएको छ । सङ्घीय सरकारको सिको गर्दै प्रदेश सरकारले पनि कर्मचारीलाई घुमफिरका लागि पर्यटन बिदा उपलब्ध गराएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले मङ्गलबार प्रदेशसभामा आर्थिक वर्ष २०७८/७९ का लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजारको बजेट सार्वजनिक गर्नुभएको थियो ।

प्रदेश सरकारले ‘यसपालि घुमौँ कर्णाली’ भन्ने नारालाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै कर्णालीलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश पर्यटन गुरुयोजनाअनुसार एक जिल्ला एक पर्यटकीय क्षेत्र र आसपासका क्षेत्रमा पर्यटन पूर्वाधारहरूको विकास तथा प्रवद्र्धनलाई प्राथमिकता दिइने व्यवस्था गरेको छ ।

पर्यटन विकास तथा प्रवद्र्वनका सबै आयोजना कार्यान्वयनका लागि रु २३ करोड १५ लाख बजेट विनियोजन गरिएको छ । बजेटमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं पर्यटकीय सम्भाव्य स्थलहरूको पहिचान, संरक्षण, जीर्णोद्वार तथा पुनर्निर्माण गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

मन्त्री शर्माले जनयुद्धकालीन ऐतिहासिक युद्धस्थलहरू कालीकोटको पिली, रुकुम पश्चिमको खारा र जाजरकोटको जुनीमा युद्ध सङ्ग्रहालय निर्माण र अन्य सामरिक स्थानमा सम्भाव्यता अध्ययन गरी युद्ध पर्यटन प्रवद्र्धनका कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो ।

त्यस्तै, सरकारले पर्यटक पूर्वाधार विकाससम्बन्धी विगतका अधुरा कार्यक्रमलाई यसपाला पनि निरन्तरता दिएको छ । यहाँका प्रमुख गन्तव्य रारा, शे–फोक्सेण्डो, काँक्रेविहार, बुलबुले, पचालझरना, कुभिण्डे ताल, स्यार्पु ताल, पञ्चकोशी, सिञ्जा, लिमी, कुशेपाटन, चित्रेपाटन लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास कार्यक्रमले निरन्तरता पाएका छन् ।

निजी क्षेत्रसँगको सहकार्यमा ठूला नदीहरू कर्णाली र भेरी नदीमा ¥याफ्टिङ, रारा, कुभिण्डे र स्यार्पुतालमा आधुनिक डुङ्गा साहसिक पर्यापर्यटनको विकास गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।