लगातारको वर्षाले भौतिक संरचनादेखि प,शुवस्तुमा नो,क्सा,नी

सिमकोट,पाँच दिनदेखि ल,गातार परेको अ,विरल वर्षाले जिल्लामा सार्वजनिक संरचनादेखि निजी क्षेत्रमा क्ष,ति पुग्दा लाखौँको नो,क्सान भएको छ । वर्षाले शनिबार रातिसम्म जिल्लाका विभिन्न गाउँपालिकामा पाँचवटा घरमा पूर्ण क्ष,ति पुगेको छ भने १६ वटा घरमा आंशिक क्षति पु¥याएको जानकारी आएको छ ।

वर्षाले खार्पुनाथ गाउँपालिका–१ घण्टवीर बुढाको तीनतले पाँचकोठे घर र खार्पुनाथ–१ देउखुरी गाउँका लोकेश जैशीको माथिबाट आएको पहिराले घरमा पूर्ण क्षति गरेको छ । प,हिरोले मानवीय क्षति भने नभएको बताइएको छ । त्यस्तै सिमकोट गाउँपालिका–२ ठेहेगाउँका वीरजीत सुनारको एकतले जस्ताले छाएको तीनकोठे घर र वडा नं ३ वरगाउँका याङसु लामाको तीनतले छकोठे कच्ची घरमा पूर्ण क्षति भएको बताइएको छ ।

यस्तै व,र्षाले सर्केगाड गाउँपालिका–७ रोडिकोड गाउँका कलम सार्कीको तीनतले सातकोठे घरमा पूर्ण क्षति गरेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । जिल्लाभर २१ वटा घरमा आंशिकदेखि पूर्ण क्षतिको खबर आएको भए पनि कति क्षति गरेको भन्ने जानकारी नआएको उहाँले बताउनुभयो ।

जिल्लाको खार्पुनाथ, सिमकोट र सर्केगाड गाउँपालिकामा लगातारको वर्षाले बढी क्ष,ति पुगेको खबर आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । यस्तै हिल्दुम जाने बाटोमा रहेको सिमकोट तल्लो गाउँमा कुला रावतसहित गरी चार जनाको घरमा जो,खिम पुगेको छ । घर नजिकै बाटो भएकाले बाटो मुनिबाट माटो खनिएकाले घरमा जो,खिम बढेको बताइएको छ । यसैगरी खार्पुनाथ गाउँपालिका–५ दुर्पाको मारघोरमा जाने बाटो वर्षाले पूर्ण भत्काएको जानकारी प्राप्त भएको छ । बाटो भत्किँदा आवतजावतमा समेत समस्या बनाएको दुर्पाका स्थानीयवासी देवी सिंहले बताउनुभयो ।

सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्षति

यस्तै चार स्थानमा सरकारी तथा सार्वजनिक भौतिक संरचनामा क्ष,ति पु¥याएको छ । वर्षाले नाम्खा–१ तारुक खोलामा रहेको फलामको ट्रसब्रिज पुललाई माथिबाट आएको बाढीले पूूर्ण क्ष,ति गरेको छ । सोही वडाको हेप्काखोलामा रहेको काठको पुललाई समेत माथिबाट आएको बा,ढीले बगाउँदा पूर्णरूपमा क्षति गरेको प्रहरी नायब उपरीक्षक शर्माले बताउनुभयो ।

खार्पुनाथ–५ मा रहेको लुमघट्टे खोला लघुजलविद्युत् आयोजनाको एक थान पाइप ब,गाएको छ भने सोही गाउँपालिकाको वडा नं ५ को दुर्पामा रहेको मालिका देवी दूधकुण्ड बाख्रापालन युवा बेरोजगार कृषि समूहको निर्माणाधीन तीनतले भवन भ,त्किएको बताइएको छ । यस्तै सर्केगाड–७ रोडिकोडमा रहेको ढापार सिँचाइ योजनाको निर्माणाधीन १५० मिटर कुलो भत्किएको छ ।

खर्कमा प,शुवस्त म,रे,र लाखौँको नो,क्सानी

जिल्लाको सिमकोटको गोडामौला भन्ने खर्कमा वर्षाले पशुवस्तुमा क्ष,ति पु¥याउनुका साथै पशुवस्तु म,र्दा लाखौँको क्ष,ति भएको छ । लगातारको वर्षाले एक जुमा, तीनवटा बाच्छा, चारवटा खसी म,रेको लछु बुढाले बताउनुभयो । जिल्लामा जुमाको रु ५० हजारमाथि पर्ने गरेको छ । खसीको रु १५ हजारदेखि रु २५ हजारसम्म पर्ने गरेको हुँदा करिब रु पाँच लाख बराबरको क्ष,ति पुगेको बुढाले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖