मन्त्री यादवद्वारा पेट्रोलियम पाइपलाइन तथा भण्डारण गृहको निरीक्षण

झापा,सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सिलिगुढी पेट्रोलियम पाइपलाइन परियोजना तथा भण्डारण गृह निर्माणस्थलको आज निरीक्षण गर्नुभएको छ ।

आयल निगमले इन्धन ढुवानीका लागि नेपाल–भारत सीमा वारपार हुँदै (क्रस बोर्डर) पेट्रोलियम पाइपलाइन निर्माणको प्रारम्भिक इन्जिनीयरिङ सर्भे सकेको छ । उहाँले भण्डारण गृह निर्माणस्थलको निरीक्षणपछि प्रस्तावित परियोजना पूर्वी नेपालको महत्वपूर्ण र गौरवाको योजना भएको बताउनुभयो ।

उहाँले प्रारम्भिक सर्भे कार्य सकिएको हुँदा असोजदेखि सिलिगुढीको डिपोदेखि निगमको चारआलीस्थित भण्डारण गृहसम्मको ५० किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने परियोजना जिटुजीमार्फत हुने हुँदा नेपाल सरकार र भारत सरकारबीच समन्वय हुन बाँकी रहेकाले पहल भइरहेको जानकारी दिनुभयो ।

उहाँले पाइपलाइनको माध्यमद्घारा चारआलीको भण्डारणगृहसम्म पेट्रोलियम पदार्थ आउन शुरु गरेपछि विगतमा हुँदै आएको चोरी निकासी र कर्मचारीको बदमासीसमेत रोकिने बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ चोरी भयो भन्ने गुनासो आउँथ्यो, त्यो रोकिन्छ, पारदर्शिता र सुशासन कायम गर्न बल पु¥याउँछ ।”

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले शुरु भएको दुई वर्षभित्रमा ‘प्रोजेक्ट’ सकिने बताउनुभयो । परियोजना निर्माणका लागि भारतीय मूल्य रु सात अर्ब दुई करोड लागत लाग्ने उहाँले बताउनुभयो । मेचीनगर नगरपालिका–१३ मा रहेको निगमको २३ बिघा जमीनमा भण्डारण गृह निर्माणसँगै प्रदेश नं १ मा ९० दिनलाई पुग्ने चार करोड लिटर पेट्रोलियम पदार्थ भण्डारण गर्न सकिने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।