कालापानीका नागरिकलाई जनगणनामा सामेल गर्न माग

काठमाडौँ,नयाँ पार्टी नेपालले देशभर बा,ढी,प,हिरामा परेका नागरिकलाई त,त्काल गाँ,स, बा,स र क,पासको व्यवस्था गर्न र तिनलाई उचित राहत वितरणमा ध्यान दिन सरकारसँग माग गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष युवराज सफलले आज विज्ञप्ति जारी गरी देशमा कोरोनाको प्रभाव विस्तारै कम भए पनि जोखिम कायम भएको हँुदा सम्पूर्ण नागरिकलाई खोप सेवा दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले निषेधाज्ञाबाट प्रभावित सम्पूर्ण किसान, यातायात व्यवसायी, उद्योगी, व्यवसायीलगायतलाई उचित राहत दिन पनि आग्रह गर्नुभएको छ ।

पार्टी प्रवक्ता सफलले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत भूभागका नेपाली नागरिकलाई राष्ट्रिय जनगणना २०७८ मा सामेल गर्न र मतदाता नामावलीमा नाम समेत समावेश गरी मत हाल्न पाउने अधिकार दिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

पार्टीले अङ्गीकृत नागरिकता प्राप्त व्यक्तिलाई नेपालको कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउनाका साथै जनप्रतिनिधि, मन्त्री, उपप्रधानमन्त्री, प्रधानमन्त्री र राष्ट्रपति हुन नपाउने गरी तत्काल संविधान संशोधन गर्न पनि माग गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।