राष्ट्रिय विभूतिका नाउँमा प्राणी उद्यान

तनहुँ पृथ्वी राजमार्गसँगै जोडिएको व्यास नगरपालिका–१२ स्थित छिर्कनमा राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नाउँमा प्राणी उद्यानको कार्यालय निर्माण गरिएको छ । विसं २०७३ माघ २० गते नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रिय विभूति भानुभक्तको नाउँमा उद्यानको नामकरण गरिएको हो ।

यस उद्यान व्यास नगरपालिका वडा नं ११, १२ र भानु नगरपालिकाको वडा नं ५ र ६ का आठ सामुदायिक वनको आंशिक क्षेत्र, पाँच कबुलियती वन, निजी आवादी तथा खोलानाला, ऐलानी, पर्ती, र राष्ट्रिय वनको भाग गरी ४२५ हेक्टरको क्षेत्रफललाई समेटिएको छ । आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्यमा नेपाल सरकारले सातवटै प्रदेशमा प्राणी उद्यानको अवधारणाअनुरुप प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गरी पर्यटन क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याउने लक्ष्य राखेको थियो ।

यस उद्यानका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ढिलाइ भएको छ । मालपोत कार्यालयको दरभाउ र स्थानीय चलनचल्तीको मूल्यभन्दा बढी रकम जग्गाधनीले दाबी गर्दै आएका कारण मुआब्जा वितरणमा ढिलाइ भएको सो कार्यालयले जनाएको छ । दुई पालिकाका चार वडाका १२६ घरधुरीका करीब ९१२ रोपनी जग्गा अधिग्रहण गरिएको छ । मुआब्जा वितरण सम्बन्धमा जग्गाधनीसँग पटकपटक छलफल गरी अन्तिम चरणमा पुगे पनि मूल्यमा कुरा नमिल्दा ढिलाइ हुन गएको कार्यालयका रेञ्जर गुरागाई बताउनुहुन्छ ।

भानुभक्त प्राणी उद्यान कार्यालयको आफ्नै भवन रहेको छ । करीब चार वर्ष भाडामा बस्दै आएको सो कार्यालयको रु एक करोड ५८ लाख ८१ हजारको लागतमा पाँच ढलानको भवन निर्माण सम्पन्न गरेर आफ्नै कार्यालयबाट सेवा प्रवाह गर्न थालेको छ । आव २०७६÷७७ को असार मसान्तभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि कोरोनाका कारण ढिलाइ हुन गएको संरक्षण अधिकृत रुपक मर्हजनले जानकारी दिनुभयो ।

यस क्षेत्रमा गर्मी मौसममा १२४ र हिउँद महिनामा आगन्तुक र रैथाने गरी १४१ चरा भेटिएको छ । हिउँद् र वर्षामा दुवै सिजनमा आगन्तुक र रैथाने छुट्टाछुट्टै किसिमले चराको गणना गरिने छ । गर्मी मौसमको छोटो अवधिमा गरिएको अनुगमनका क्रममा भेटिएका १२४ प्रजातिका चरा सूचीकृत गरिएको छ । नेपालमा मात्रै पाइने काँडेभ्याकुर समेत फेला पर्नु खुसीको कुरा भएको भानुभक्त प्राणी उद्यानका कार्यालय प्रमुख महर्जनले बताउनुहुन्छ ।

उक्त उद्यान क्षेत्रमा विभिन्न प्रजातिका साल, कटुस, चिलाउने, क्यामुनो, खयर, पड्के, बुलड्याङ्ग्रो ९बोटधयँरो०, चाँप, भलायो, रातोपाते, सिमल, लाँकुरी, आँप, केरा, खिर्रा, बेल, साज, कुटमिरो, गिद्देनी, गोवरी, कुरीलो, अमला, जामुन, अमरा, तुथो, टाँकी, टुनी, बकाइनो, इपिलइपिल, पँदेल, कुंयालो, भकिम्लो, लालुपाते, खनायो, ठोट्ने, तेजपात, नुनढिके, अर्चले, नीउरो, गिठा, भ्याकुर, लिची, कागती, रुखकटहर, समी, पिपल, वर, चिउरी आदि रुख विरुवा पाइन्छन् ।

त्यसैगरी वन्यजन्तु प्रजातिमध्ये स्तनधारीहरुमा चितुवा, बाँदर, खरायो, रतुवा, दुम्सी, ओत, साँवे, वन विरालो, स्याल, लङ्गुर, रातो बाँदर, मलसाप्रो, लोखर्के, न्याउरी मुसो, भ्याल्सो, चरिबाघ, चमेरो रहेका छन् भने उभयचर प्रजातिमा गोहोरो, नाग, गोमन, अजिङ्गर, हरेप, भ्यागुता, छेपारो आदि पाउन सकिन्छ ।

भडाले डाँडामा चिस्यान केन्द्र निर्माण शुरु

बन्दीपुर गाउँपालिका–१ भडाले डाँडामा चिस्यान केन्द्र निर्माण कार्य शुरु गरिएको छ । गाउँपालिकाभित्र उत्पादन भएका फलफूल, तरकारी तथा मासु भण्डारण गरी सुरक्षित गर्ने उद्देश्यले चिस्यान केन्द्र निर्माण शुरु गरिएको हो ।

किसानले बढी मात्रामा उत्पादन गरेका फलफूल, तरकारी र मासु बजारमा मूल्य नपाएको अवस्थामा भण्डारण गरी राख्ने योजना रहेको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘आगामी वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको छ ।’
किसानलाई घाँसका बिरुवा वितरण

पशुपालन किसानलाई यसवर्ष २५ हजार घाँसका बिरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा १० हजार किम्बुका बिरुवा वितरण गरिएको छ । चितवनको भण्डारणबाट ढुवानीसहित प्रतिबिरुवा रु पाँच दरले ल्याएको किसानलाई बाँडिएको हो । डिभिजन वन कार्यालयबाट बकाइनो, हर्रो, बर्रो, टाँकीलगायतका अन्य पाँच हजार बिरुवा माग गरिएको सो वडा कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।