फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क वि,षा,दी
भोजपुर, अमेरिकन फौजी किराले मकैबाली न,ष्ट गरेपछि भोजपुरको पौवादुङ्मा गाउँपालिकाले निःशुल्क वि,षा,दी वितरण अभियान थालेको छ । फौजी किराका कारण समस्या परेका कृषकलाई लक्षित गाउँपालिकाले कृषकलाई निःशुल्क विषादी वितरण गरेको हो ।
गाउँपालिकाको तल्लो भेगका अधिकांश किसानको मकैबाली कि,राले न,ष्ट पार्न थालेपछि विषादी वितरण अभियान थालेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “फौजी कि,राका कारण किसानका मकैबाली न,ष्ट भएको जानकारी आएपछि हामीले प्राविधिक पठाएर उहाँहरुको समस्या समाधान गरिरहेका छौँ । अहिले गाउँपालिकाले किरा मार्नका लागि निःशुल्क विषादी विरतण गरिरहेको छ । विषादी वितरण गरेसँगै किरा नियन्त्रणमा आएको छ ।”
गाउँपालिकाको सानोदुम्मा, ठुलोदुम्मा, बास्तीम, च्याङ्ग्रेलगायत ठाउँमा फौजी किराको प्रकोप रहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानको समस्या समाधानका लागि आवश्यक सहयोग गरिरहेको शाखाको भनाइ छ । गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले भन्नुभयो, “सयौँ रोपनी क्षेत्रफलमा किराको प्रकोप देखिएको छ, नियन्त्रणका लागि हामीले आवश्यक पहल थालेका छौँ । पछिल्लो समयमा धेरै हदसम्मका किरा नियन्त्रणमा आएको छ ।”
गाउँपालिकाले वडास्तरबाट कृषकलाई आवश्यक वि,षादी दिने व्यवस्था मिलाएको छ भने गाउँपालिका केन्द्रबाट पनि वि,षादी वितरण हुँदै आएको छ । गाउँपालिकाले प्र,कोपको बेलामा निःशुल्क विषादी दिएपछि स्थानीय कृषक खुशी भएका छन् ।
स्थानीय कृषक बलबहादुर तामाङले भन्नुभयो, “गाउँभरि नै किराको प्र,कोप छ । चार सयभन्दा बढी कृषकको मुख्यबाली मकैमा किराले क्षति पु¥याएको छ । मकैको गुबो सबै सखाप बनाएको छ । हाम्रो पीडालाई ध्यानमा राख्दै गाउँपालिकाले वि,षादी दिएकोप्रति हामी खुशी छौँ ।”
किसानका लागि आवश्यक पर्ने मलसमेत यस वर्ष समयमा नै वितरण भएको गाउँपालिकाको भनाइ छ । जिल्लाको बेँसी क्षेत्रका अधिकांश भागमा यस वर्ष पनि फौजी किराको प्र,कोप देखिएको कृषि ज्ञान केन्द्र भोजपुुरले जनाएको छ ।


