भारतमा थप ४४ हजार १११ नयाँ स,ङ्क्रमित,अहिले कति छन् त सक्रिय सङ्क्रमित संख्या ?

नयाँ दिल्ली, भारतमा कोरोनाभाइरसबाट थप ४४ हजार १११ जना स,ङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका कारण ७३८ जनाको मृ,त्यु भएको छ ।

सोही अवधिमा ५७ हजार ४७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्ला केही हप्तादेखि दैनिक नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिदै गएको छ ।

सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै हुँदा सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरूको सङ्ख्या पनि कम हुदै गएको छ ।

भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या ९७ दिनपछिको सवैभन्दा थोरै पाँच लाखभन्दा कम भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले चार लाख ९५ हजार ५३३ जना कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामा रहेका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड पाँच लाख दुई हजार ३६२ पुगेको छ।

कुल सङ्क्रमित मध्ये दुई करोड ९६ लाख पाँच हजार ७७९ जना कोरोनाभाइरसबाट मुक्त भएका छन् भने चार लाख एक हजार ५० जना कोरोनाभाइरसबाट पराजित भएर जीवन गुमाएका छन् ।

यसरी हेर्दा भारतमा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ९७.०६ प्रतिशत रहेको छ । यो अुनपात पछिल्लो समय बढ्दै गइरहेको पाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।