धनकुटामा १७ सहित प्रदेश १ मा आज ४४३ संक्रमित थपिए,४६३ संक्रमणमुक्त

विराटनगर, २३ असार । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१८ महिला र २४३ पुरुष रहेको छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७ हजार २६० पुगेको छ ।

प्रदेश १ मा आज ४४३ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १६५, सुनसरीमा १२४, मोरङमा १२१, धनकुटामा १७, भोजपुरमा ५, उदयपुर र संखुवासभामा २–२, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ७७, विर्तामोडमा २३, मेचीनगरमा १६, शिवसताक्षीमा १०, अर्जुनधारा र भद्रपुरमा ८–८, कनकाईमा ७, कमल गाउँपालिकामा ५, बा¥हदशीमा ४, गौरादहमा ३, बुद्धशान्ति र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, इनरुवामा २, भोक्राहानरसिंह र दुहवीमा १–१, स्थानीय तह नखुलेका ९, मोरङको विराटनगरमा ५७, लेटाङमा २३, बेलबारीमा १७, पथरीशनिश्चरेमा १०, बुढीगंगामा ४, उर्लाबारीमा ३, सुन्दरहरैचा, कटहरी र स्थानीय तह नखुलेका २–२, कानेपोखरीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ११, महालक्ष्मीमा ३, छथरमा १ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ४, स्थानीय तह नखुलेका १, उदयपुरमा २, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १–१, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७४ हजार २४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६६८ रहेको छ । प्रदेश १ मा आज १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये २१७ महिला र २२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।