हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

सिमकोट,चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि सङ्क्रमितको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ ।

सबै बजार, व्यवसाय खुला भएपछि गाउँबाट आएका उपभोक्ताले स्वास्थ्यका न्यूनतम मापदण्ड (मास्क, स्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम गर्ने) कामलाई पालना नगरेका कारण सङ्क्रमितको सङ्ख्या निकै धेरै बढेको जिल्ला अस्पताल हुम्लाका निमित्त सुपरिटेन्डेन्ट डा टसी याञ्जुक लामाले जानकारी दिनुभयो ।

“केही दिनयता हुम्लामा परीक्षण गरेको शतप्रतिशतमा कोरोना सङ¬्क्रमण पुष्टि हुन थालेको छ”, डा लामाले भन्नुभयो, “यस्तै प्रकारले सङ्क्रमितको सङ्ख्या बढ्ने हो भने जिल्ला अस्पतालले मात्रै सङ्क्रमितलाई उपचारको व्यवस्था गर्न नसक्ने अवस्था छ ।” निषेधाज्ञा हटाएको एक सातामै जिल्ला अस्पतालमा लक्षणसहितका सङ्क्रतिमको सङ्ख्या बढेको उल्लेख गर्नुभएका डा लामाले यस्तै अवस्था रहेमा जिल्ला अस्पताल हुम्लाले बिरामीको उपचार गर्न नसक्ने प्रतिक्रिया दिनुभयो ।

लक्षणसहितका चारजना कोरोना सङ्क्रमितको अीक्सजनको लेवल निकै कम भएपछि जिल्ला अस्पताल हुम्लाले एचडियु कक्षमा सारेको छ । जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी)ले सञ्चालन गरेको रानीवन आइसोलेशनमा राखिएका चार जना सङ्क्रमितको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि आइतबार जिल्ला अस्पताल परिसरमा पालभित्र व्यवस्था गरिएको एचडियूमा सारिएको जिल्ला अस्पतालका डा लामाले बताउनुभयो ।

कोरोना परीक्षणको दर निकै साँघुरो बनाएको हुम्लामा आइतबार मात्रै पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा १४ जनामा गरिएको एन्टिजेन परीक्षणमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

सिमकोट गाउँपालिकामा नौ जनामा गरिएको एन्टिजेन परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लाभर एक हजार ९८० जनामा परीक्षण गर्दा २९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये ४३ जना सक्रिय सङ्क्रमित छन् भने अन्य सबैले कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖