अत्यधिक वर्षाको कारण युरोप बा,ढी १०८ को मृ,त्यु
बर्लिन,अत्यधिक वर्षाका कारण आएको भी,षण बा,ढीमा परी जर्मनी ९३ व्यक्तिको मृ,त्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृ,त्यु भएको समाचारमा जनाइएको छ ।
धेरैको क्ष,ति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृ,त्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बा,ढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ ।
यस प्र,कोपबाट यहाँ ४३ व्यक्तिको मृ,त्यु भएको बताइएको छ । यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृ,त्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रवार उक्त क्षेत्रमा धेरै पानी पर्ने पूर्वानुमान गरिएको छ ।
विज्ञहरूले जलवायु परिवर्तनका कारण मौसमको कठोर प्रभावका घटना तीव्र रूपमा दोहरिरहने ठानिएको तर कुनै एक्लो घटनालाई त्यससँग जोड्नु जटिल भएको बताएको छ ।
नर्थ राइन वेस्ट फेलियाका प्रमुख आर्मिन लशेटले अति प्र,भावित क्षेत्रमा पुगेका बेला मौसमको पराकाष्ठाको निम्ति जलवायु परिवर्तनलाई दोष दिनु भएको छ ।
हाल अमेरिका भ्रमणका क्रममा रहेकी जर्मनीकी चान्सलर एंगेला मर्केलले राष्ट्रपति जो बाइडेनसँग भेट गर्नुअघि उक्त बाढीलाई विपद्को संज्ञा दिनु भएको छ ।


