धनकुटामा ६ सहित प्रदेश १ मा १६१ संक्रमित थपिए,४६९ संक्रमणमुक्त

विराटनगर, २ साउन । प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ ।

प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ९२, मोरङमा ३४, झापामा २३, धनकुटामा ६, भोजपुर, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको धरानमा ५५, बराहक्षेत्रमा २४, इटहरीमा ३, दुहवीमा १ र स्थानीय तह नखुलेका ९, मोरङको विराटनगरमा २२, पथरीशनिश्चरेमा ७, केराबारी, बेलबारी, उर्लाबारी, कटहरी र सुन्दरहरैचामा १–१, झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, दमकमा ४, धनकुटाको धनकुटा नगरपालिकामा र पाख्रिवासमा २–२, छथर र चौवीसेमा १–१, भोजपुरको भोजपुर नगरपालिका, उदयपुरको चौदण्डीगढी र ते¥हथुमको लालीगुराँसमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।