प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री राईद्वारा छलफल सुरु
विराटनगर, साउन १२ । प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थाल्नु भएको छ ।
प्रदेश नं १को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमापरामर्श थाल्नु भएको हो । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईलेपहलकदमी थाल्नु भएको हो ।
मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दैछलफललाई तिब्रता दिनु भएको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गर्नु भएको हो । छलफलका क्रममा दलकानेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताउनु भएको छ ।


