अकालमा मृ,त्युवरण गर्दै निकुञ्जका वन्यजन्तु

राँझा, बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दु,र्घटनामा परी वन्यजन्तुले अकालमा मृ,त्युवरण गर्नुपरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दु,र्घटनामा परी वन्यजन्तुको मृ,त्यु तथा घा,इते हुनेक्रम बढ्दो छ ।
साथै राजमार्गको दुवैतर्फ अबरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाका जो,खिममा परेका हुन् । हालसम्म सडक दु,र्घटनामा परेर निकुञ्जका ३५८ वन्यजन्तुको मृ,त्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजमार्गमा सडक दुर्घटनामा परेर मर्नेमा सबै भन्दा बढी बाँदर, बँदेल र चित्तल छन् । गत आर्थिक वर्षमा मात्रै दुर्घटनामा परेर ४३ र अन्य दु,र्घटनामा परेर २५ वन्यजन्तुको मृ,त्यु भएको थियो । आव २०७१÷७२ देखि आव २०७७÷०७८ सम्मका अवधिमा दुवै राजमार्गमा भएका सवारी दुर्घटनामा परेर विभिन्न प्रजातीका ३५८ वन्यजन्तु मरेका थिए ।

आव २०७१÷०७२ मा सडक दु,र्घटनाबाट १६ वन्यजन्तु मरेकामा कुकुरको टोकाइ तथा अन्य कारणबाट आठ रहेका थिए । आव२०७२÷०७३ मा सडक दुर्घटनामा ४३, कुकुरको टोकाइ तीन अन्य कारण चार, आव२०७३÷०७४ मा सडक दु,र्घटनामा ६१, कुकुरको टोकाइबाट सात, अन्य कारणबाट १५, आव२०७४÷०७५ मा सडक दु,र्घटनामा ७२, कुकुरको टोकाइबाट चार, अन्य कारणबाट छ, आव २०७५÷७६ मा सडक दु,र्घटनामा ४४, कुकुरको टोकाइबाट १३, अन्य कारणबाट नौ, २०७६÷०७७ मा ५४ र गत आवमा २०७७÷७८ मा ४३ सडक दु,र्घटनामा र कुकुरको टोकाइ र अन्य कारणले २५ वन्यजन्तुले अकालमा मरेका संरक्षण अधिकृत न्यौपानेले बताउनुभयो ।

राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरवाहीले वन्यजन्तु जोगाउन मुस्किल भएको उहाँको भनाइ छ । निकुञ्जको पूर्व शिव खोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर र उत्तर–दक्षिण रत्न राजमार्ग ३२ किमी क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ । सबैभन्दा बढी कोहलपुरदेखि शिवखोलासम्मको पूर्वपश्चिम राजमार्गमा वन्यजन्तु दु,र्घटनामा पर्ने गरेको निकुञ्जको तथ्याङ्कले देखाएको छ ।

निकुञ्जमा पूर्व–पश्चिम राजमार्ग ७२ किमी र उत्तर दक्षिणको रत्नराजमार्गले ३२ किमी निकुञ्जभित्रको वनक्षेत्र ओगटेको छ । घाँसे मैदानसहितको पानी खाने स्रोतको रुपमा सिक्टा सिँचाइको नहर र राप्ती नदी भएको कारणले पनि पानीको खोजीमा वन्यजन्तु सडक छेउ आउने गर्दा दु,र्घटनामा पर्ने गरेको उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।