कोरोना सङ्क्रमणबाट दुईको मृ,त्यु
ओखलढुङ्गा, कोरोना सङ्क्रमणबाट यहाँ थप दुई पुरुषको मृ,त्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृ,त्यु भएको हो ।
वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृ,त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण देखिएपछि यही साउन ९ गते उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।
यस्तै वडा नं १२ का एक पुरुषको आज बिहान मृ,त्यु भएको छ । उहाँ यही साउन १४ गते कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना हुनुभएको थियो ।
उहाँको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँ कोरोना सङ्क्रमण भएर मृ,त्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।


