जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

रोल्पा, जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।

“मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हाँै”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भन्नुभयो, “विश्वविद्यालय सुधारका लागि क्रियाशील विद्यार्थी सङ्गठनले राखेका ३६ बँुदे मागमा स्थानीय आठबँुदे मागसमेत समावेश गरी क्याम्पस अनिश्चितकालका लागि तालाबन्दी गरेका हाँै।”

“विषयगत उपप्रध्यापक तथा आवश्यक कर्मचारीको व्यवस्थापनलगायत केन्द्रसँग सम्बन्धित ३६ बुँदे तथा छात्रवृत्ति वितरण, कोरोनाको अवधिमा लिइएको शुल्क फिर्तालगायत आठबँुदे स्थानीय माग पेस गरिएको उहाँले बताउनुभयो । केन्द्र र स्थानीयस्तरका माग पूरा नभएसम्म आन्दोलन फिर्ता नहुने विद्यार्थीहरुको भनाइ छ ।

मध्यपश्चिम विश्वविद्यालयमा क्रियाशील विद्यार्थी सङ्गठनहरुले सुर्खेतमा गरेको आन्दोलन रोल्पालगायत अन्य आङ्गिक क्याम्पसहरुमा सरेको जलजला बहुमुखी क्याम्पसका प्रमुख खिमबहादुर खड्का बताउनुभयो । जलजला बहुमुखी क्याम्पससँग जोडिएका माग भए त्यसबारे छलफल गरिने तर स्थानीय मागबारे आफूसँग परामर्श नभएको उहाँको भनाइ थियो ।

लामो समय थला परेको शैक्षिक क्षेत्रमा बन्द हडतालभन्दा अन्य विकल्प खोजेर आन्दोलन गर्नुपर्ने अभिभावकहरुको भनाइ छ । कोरोनाले लथालिङ्ग शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरिनु राम्रो नभएको उहाँहरुको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖