धनकुटामा आज थप ३७ जनामा संक्रमण पुष्टि,सक्रिय संक्रमितको संख्या १ सय ८७
धनकुटा, २० साउन । धनकुटामा आज सम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ८७ रहेको जनाइएको छ । जिल्ला प्रशासन कार्यलय धनकुटाले आज दिउँसो ३ बजे सम्मको सार्वजनिक गरिको विवरण अनुसार यस्तो जानकारी गराइएको हो ।
जस अनुसार आज ३७ जनामा संक्रमण पुष्टि भएको छ भने आज २५ जना कोरोना संक्रमण मुतm भएको जनाईएको छ । १ सय ६१ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइसोलेसनमा र १०जना अस्पतालमा उपचारार्थ रहेको जिल्ला प्रशासन कार्यलय धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी रामनारायणा श्रेष्ठ द्धरा जारी गरिएको विज्ञप्ती उल्लेख गरिएको छ ।
साथै यसै जिल्लामा संक्रमित भई यसै जिल्लामा मृ त्यू हुनेको संख्या ११ रहेको छ भने यस जिल्लामा संक्रमित भई उपचारको क्रममा बाह्य जिल्लामा मृ त्यू हुनेको संख्या १७ रहेको जनाइएको छ । यस जिल्लामा स्थाई ठेगाना भएका र अन्य जिल्लामा संक्रमित भई मृ त्यू हुनेको संख्या १० रहेको समेत प्रशासनले जनाएको छ ।



