रसुवागढी नाकाबाट स्याउ आयात

रसुवा,रसुवागढी नाकाबाट आइतबार एकै दिन १० कन्टेनर स्याउ नेपाल भित्रिएको छ । चीनबाट दैनिक नेपाल आयात हुने सामग्रीमध्ये आइतबार स्याउमात्र भित्रिएको र स्याउ बोकेका मालबाहक सवारी साधन छिटोभन्दा छिटो भन्सार प्रक्रिया पूरा गरी आ–आफ्ना गन्तव्यतर्फ पठाइसकिएको छ।

आयात भएका स्याउको परिमाण भने १०० टनभन्दा माथि रहेको भन्सार अधिकारीले जनाएका छन् । स्याउ सड्ने गल्ने वस्तुमा पर्ने भएका कारण आयात भएकै दिनमा भन्सार प्रक्रिया पूरा गर्ने गरिएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य सामग्री आयात हुँदा प्रतिकन्टेनर रु ५० देखि ६० लाखसम्म राजस्व असुली हुन्थ्यो भने स्याउबाट भने प्रतिकन्टेनर रु एक लाखमात्र असुली हुन्छ । रसुवागढी नाकाबाट स्याउ आयातको परिमाण बढ्न थालेपछि व्यापारिक केन्द्रबाट सर्वसुलभ मूल्यमा खरिद गर्न सहज हुने उपभोक्ताले अपेक्षा राखेका छन् ।

राजस्व असुलीमा सुधार

यस्तै रसुवा भन्सार कार्यालयले चीनबाट आयात भएका माल सामग्रीबाट २३ दिनको अवधिमा भन्सार शुल्कबापत रु ५१ करोड ५३ लाख ३० हजार राजस्व आर्जन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को यसै अवधिको तुलनामा यो अवधिमा ४५ दशमलव ७७ प्रतिशतले राजस्व वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

यही साउन १ गतेदेखि २३ दिनको अवधिमा असुल भएका भन्सार शुल्कबापतको राजस्वमध्ये करिब रु १५ करोड सवारी साधन आयातबाट प्राप्त भएको प्रमुख भन्सार अधिकृत रेग्मीले बताउनुभयो । नयाँ आवको शुरुदेखिनै निरन्तररूपले पिकअप एवं माइक्रोबसजस्ता सवारी साधन आयात बढ्न थालेको छ । नेपालमा निर्माणाधीन जलविद्युत्का उपकरण, जुत्ताचप्पल, तयारी पोशाक, लसुन, अदुवा एवं अक्सिजन उत्पादनका उपकरण तथा सिलिण्डरका साथसाथै मेडिकललगायत विविध सामग्री आयात भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

पहिलो कहरको कोभिड–१९ का कारण चिनियाँ सवारी साधनले नै रसुवागढीसम्म माल सामग्री पु¥याउन थालेपश्चात् आयात भइरहेका माल सामग्रीको परिमाण भारी मात्राले घटेको छ । सीमा क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि दुई देशका छिमेकी अधिकारीबीच गत वर्ष मतेरीपुलमा सम्पन्न नियमित बैठकबाट दैनिक १५ कन्टेनर सामग्री नेपाल पठाउने सहमति भए पनि कोरोना सङ्क्रमणकै कारण हालसम्म सात कन्टेनर मात्र आयात भइरहेको भन्सार अधिकारीले बताए ।

कोरोना सङ्क्रमणबाट सुरक्षित रहनका लागि सीमा क्षेत्रमा स्वास्थ्यको पूर्ण मापदण्ड अपनाए र क्वारेन्टिनमा बसेका सवारी चालक तथा कामदार मात्र परिचालन गरिएकाले पूर्ववत्रूपमा सामग्री पठाइदिन समकक्षी छिमेकी अधिकारीलाई आग्रह गरे पनि कार्यान्वयन हुन बाँकी रहेको भन्सार कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।