सडक सफा नगर्दा यातायातका साधन चल्न सकेनन्

सिन्धुपाल्चोक, करिब नौ सय मिटर सडक सफा नगर्दा यहाँका बाढी प्रभावित यातायातका साधन प्रयोग गर्नबाट वञ्चित भएका छन् । साउन १७ र त्यसपछिका निरन्तर बाढीले हेलम्बुदेखि मेलम्चीसम्मका करिब आधा दर्जन पक्की र झोलुङे पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको छ ।

बाटो बगाएपछि अहिले मेलम्ची घ्याङ, तिम्बू, बरुवा, शेर्माथाङ र मेलम्ची नगरपालिकाका विभिन्न स्थानका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । वैकल्पिक रुपमा रहेको किउल, पाल्चोक, दुवाचौर र मेलम्ची सडकको दुई ठाउँमा हिलोले यातायात सञ्चालनमा समस्या रहेको छ ।

हेलम्बु–२ का वसन्त रिमाल यो बाटो सञ्चालनमा आए खाद्य सामग्री ल्याउन सहज हुने बताउनुहुन्छ । बाढीले पुल बगाएपछि हेलम्बु तथा आमा ह्योल्मोका केही बस र ट्रक किउल, पाल्चोक र दुवाचौरमा रहेका छन् । बाटो सञ्चालनमा आए हेलम्बु, पाल्चोक, मेलम्ची , दुवाचौर, बाँसखर्क र बरुवा बस चल्ने छन् ।

मेलम्ची– ८ का स्थानीयवासी अरुण लामा स्थानीय सरकारले ध्यान नदिँदा बाटो सफा नभएको गुनासो गर्नुहुन्छ । मेलम्ची– ७ को विचारीचौरमा ९०० मिटर र सेल्लेमा ५० मिटर बाटो हिलाम्मे रहेकाले मोटरसाइकलमा समेत यात्रा गर्न कठिन रहेको छ ।

हेलम्बु गाउँपालिका क्षेत्रमा ग्राबेल हालिसकेको र अब मेलम्ची नगरपालिकाले दुई ठाउँमा ग्राभेल हाले बस चल्ने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बाटो निमार्णका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । मेलम्ची– ७ का वडाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले चार लाख नगरले बजेट विनियोजन गरेको र मङ्गलबारबाट काम शुरु हुने बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖