नगरपालिकाले किसानलाई अनुदान रकम वितरण

स्याङ्जा,गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका २ नम्बर वडाको बटुवाका किसानलाई रु १९ लाख ५७५ अनुदानस्वरुप वितरण गरेको नगरपालिकाले जनाएको ।

नगरपालिकाले किसानलाई दूधमा प्रति लिटर १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रम अन्तर्गत पनि अनुदान वितरण गरेको छ । ६६ जना किसानलाई उत्पादनको आधारमा प्रतिलिटर रु १५ का दरले ११ लाख ८६ हजार ५७५ वितरण गरिएको छ भने गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत १७ जना किसानलाई जनही ७२ हजारका दरले सात लाख १४ हजार वितरण गरिएको छ ।

नगरप्रमुख भुपराज अधिकारीले नगरभित्रका किसान आत्मनिर्भर बन्दै गएको बताउनुभयो । नगप्रमुख अधिकारीले भन्नुभयो, “नगरपालिकाले सञ्चालन गरेको कृषिमा अनुदान कार्यक्रमले किसानलाई कृषि पेशाप्रति आकर्षित गरेको छ ।” यसबाट किसान आत्मनिर्भर बन्दै गएको उहाँको भनाइ छ ।

नगरप्रमुख अधिकारीले अनुदानको व्यवस्थाले किसान धेरै उत्साहित भएकोले पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत् राख्ने समेत बताउनुभो ।

कृषिको बजारिकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै नगरप्रमुख अधिकारीले गल्याङमा उत्पादन भएको कृषि उपजको बिक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अनुदानको व्यवस्थाको सही सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवद्धन गर्ने कार्यमा किसान उत्साहित भएर लागेकोले अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको बताउनुभयो ।

किसान टीकाकुमारी रानाले दूधमा सबैभन्दा बढी अनुदान प्राप्त गरेको नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले जानकारी दिनुभयो । अर्यालका अनुसार रानाले प्रतिलिटर रु १५ अनुदानबापत ६ महिनामा दुई लाख ४० हजार ८५९ रुपैयाँ पाउनुभएको छ ।

यसैगरी रानाले गाई पकेटलागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरेबापत ४२ हजार अनुदान समेत प्राप्त गर्नुभएको छ । नगरपालिकाको यो कार्यक्रमले कृषिमा लाग्ने किसानलाई थप उत्साहित बनाउनुका साथै बढ्दै गएको बेरोजगारीको समस्या समाधानमा सहयोग पुुगेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।