गाउँपालिकाले किसानलाई ‘काउ म्याट’ वितरण

वाग्मती, मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई ‘काउ म्याट’ वितरण गरेको छ।

किसान, सहकारी संस्था र गाउँपालिकाको साझेदारीमा ३० जना किसानलाई ‘काउ म्याट’ वितरण गरिएको हो । गाउँपालिका–५ स्थित जनजागृति बहुद्देश्यीय सहकारी संस्थामार्फत उनीहरुलाई ‘काउ म्याट’ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको ५०, किसानको २५ र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा ‘काउ म्याट’ खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिनुभयो ।

यसैगरी मकवानपुरगढी गाउँपालिका–६ स्थित डुमे्रकुनामा रु ६ करोड ५७ लाखको लागतमा १५ श्ययाको अस्पताल भवनको निर्माण शुरु भएको छ ।

अस्पताल भवन निर्माणका लागि स्थानीयवासी नरबहादुर स्यागङतान तथा वीरबहादुर लुगङवाले नौ रोपनी जग्गा प्रदान गरेको गाउँपालिका इञ्जिनीयर सुवास अधिकारीले बताउनुभयो ।

भवन निमार्णका कार्य आर्थिक वर्ष २०७८÷७९ मा सम्पन्न हुने बताइएको छ । अस्पताल नहँुदा यस क्षेत्रका नागरिकलाई उपचारका लागि हेटाँैडा र चितवन जानुपर्ने बाध्यता छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖