चौथो लहर आएको दक्षिण कोरियामा ,सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै

सोल, दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ।

कोरोना भाइरसको चौथो वेभ आएको भनिएको यहाँ शुक्रबार एक हजार नौ सय ९० जनामा कोरोनाको थप सङ्क्रमण भएको बताइएको छ ।

यहाँ बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा सङ्क्रमितहरु एक हजार नौ सय ९० जना थपिएका बताइएको छ । योसँगै यहाँका सङ्क्रमितहरुको सङ्ख्या दुई लाख २० हजारजना भन्दा बढी पुगेको बताइएको छ । यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि एक हजार ६०० जनामा सङ्क्रमण देखिने गरेको छ ।

बुधबार रातिसम्म यहाँ एक हजार नौ सय ८७ जना सङ्क्रमित थपिएकामा शुक्रबार त्योभन्दा बढी देखिएको हो । यहाँका स्वास्थ्य अधिकारीहरुले अधिकांश विदेशबाट आएका व्यक्तिमा पाइएको पनि सो समाचारमा जनाइएको छ ।

यहाँ निकै थोरै सङ्ख्यामा मात्र सङ्क्रमितहरु थिए । दक्षिण कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न विदेशका अरू देशहरुको तुलनामा प्रभावकारी काम गरेको बताइएको थियो ।

तर प्राप्त समाचारमा दक्षिण कोरियामा पनि पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएको देखिएको छ ।

दक्षिण कोरियाको सरकारले खोप लगाउने कामलाई पनि प्राथमिकतामा राखेको जनाएको छ । यहाँ मृत्युदर भने कम रहेको छ । यहाँ अहिलेसम्म यो भाइरसबाट दुई हजार एक सय ४४ जनाको ज्यान गएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।