प्रहरीचौकी नै पूर्ण रुपमा विस्थापित भएपछि विद्यालयमा प्रहरी चौकी

मनाङ, ३१ साउन ,गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बा,ढी,प,हिराले जिल्लामा धेरै भौतिक क्ष,ति भएको छ । यहाँका अधिकांश बस्ती विस्थापित भएका छन् । बा,ढी,प,हिराका कारण प्रहरीचौकी नै पूर्ण रुपमा विस्थापित भएको छ ।

बा,ढी प,हिराले नासों गाउँपालिका–३ स्थित सीमा प्रहरीचौकी धारापानीको भवन बगाएपछि पूर्णरुपमा सो चौकी विस्थापित भएको छ । बा,ढी,प,हिराले चौकी बगाएपछि अहिले विद्यालयमा प्रहरीचौकी राखिएको सीमा प्रहरीचौकी धारापानीका इञ्चार्ज प्रहरी निरीक्षक कमल मजाकोटीले जानकारी दिनुभयो ।

जिल्लाका भौतिक संरचना बगाए पनि चौकीमा रहेका हतियार र गोलीगठ्ठा जोगाउन सकिएको उहाँले बताउनुभयो । साथै भवनमा रहेका अन्न, खाद्यान्नलगायतका विभिन्न सामग्री भने जोगाउन नसकिएको उहाँ बताउनुहुन्छ । अहिले धारापानी प्राथमिक विद्यालयको भवनबाट सेवा प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो ।

मस्र्याङ्दी नदीको बाढीले यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका भौतिक संरचनामा धेरै क्षति पु¥याएको छ ।

केही कार्यालय भौतिक संरचनामा क्ष,ति पुगेपछि विस्थापित भएका थिए । लमजुङ बेँसीशहर–चामे सडक पूर्ण रुपमा अवरुद्ध हुँदा मर्मतका आवश्यक सामग्री ल्याउन नसक्दा भौतिक संरचना निर्माणमा ढिलाइ हुने भएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖