आग्रह (कविता) :सुमित्रा थुलुङ
कविता
आग्रह
–सुमित्रा थुलुङ
हात छोड्नु अघि
साथ छोड्नु अघि
तिमीले मलाई बताउनु थियो
मेरा कमजोरीका कारण
यी हेर न उभिएर हिडेको छु
म दौडिन सक्छु
म पौडिन सक्छु
उभिन सक्छु
र स्थर रहन सक्छु
म संग संवेदना का झिल्का हरु छन
छन म संग जिउदो हुनुको आभाष
र म हुनुको सिङ्गै आभाष छ म संग
तर म संग
तिमीलाइ जितेर माथी जानू
तिमीलाई प्रतिस्पर्धा को नजरले हेर्नू
न हिज थियो न आज छ न भोलि हुनेछ
हो यसैको फाइदा तिमीले धेरै पनि नउठाउ
एक दिन फेरि
तिमी भन्दा धेरै माथी गैदिन सक्छु
जहाँ तिमी भन्दा पनि मायालु मुटु
पर्खिएर बसेका हुन सक्छन…..
आँखा चिम्लेर तिमी लाई भरोसा गर्नु
बर्षौ तिमीलाइ कुर्नु
मेरो कमजोरी मात्रै नभएर
तिमी प्रतिको गहिरो प्रेम हो
आखिर माया तिम्ले पनि उत्तिकै गर्थ्यौ
दशक अघि
जति म आज पनि गरिरहेको छु
म संग समिक्षा गर्ने शब्द छैन
नभए जस्तै आजकाल
तिम्रो नजरमा म
तर अझै पनि पर्खाइ कम भएको छैन
कुनै दिन तिम्ले मनको न्यायलयमा
आफै न्यायाधीश भएर
मलाई न्याय दिनु पर्यो भने
बस तिमी मेरो भैदिनु
बस तिमी मेरो भैदिनु
म अरु कसैको हुनु पुर्ब
म अरु कसैलाई अंगालेर मुस्कुराउनु पुर्ब
र म कसैलाई अंगाल्नु पुर्ब
-काठमाडौ


