भीषण बा,ढीका कारण क्ष,ति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा

सिन्धुपाल्चोक, गत असार १ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बा,ढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा रहेका छन् ।

यसै क्रममा हेलम्बु गाउँपालिका–४ र मेलम्ची नगरपालिका– ७ जोड्ने झोलुङ्गे पुलको संरक्षण कार्य अघि बढेको छ । गत असार १ गतेकै बा,ढीले क्ष,ति पु¥याएको उक्त झोलुङ्गे पुलको संरक्षणका लागि हेलम्बु–४ बाट रकम निकासा गरिने वडाध्यक्ष राजकुमार लामिछानेले बताउनुभयो।

तत्कालका लागि प्राविधिक टोलीसहित पुलको अवस्था निरीक्षण गरी १७ थान जाली उपलब्ध गराइएको र कामदार खटाइसकेको लामिछानेले जानकारी दिनुभयो । पानीको बहाव बढ्ने र घट्ने भइरहेकाले तत्काललाई सिमेन्टको प्रयोग गर्न नसकिने भएकाले जाली भर्ने कार्य भइरहेको र कार्य सम्पन्न भएपछि वडाले लागत रकम निकासा गर्ने उहाँले बताउनुभयो ।

उक्त झोलुङ्ग पुल भएर हेलम्बुका वडा नं ४ सहित वडा नं ३ तथा मेलम्चीका वडा नं ६ र ७ का बासिन्दा दैनिक आवतजावत गर्ने गर्दछन् । यसै क्रममा मेलम्ची–६ मा रहेको तेर्से माविले पुल संरक्षणका लागि चार बोरा सिमेन्ट सहयोग गरेको छ ।

हेलम्बु–३ र मेलम्ची–७ बाट आफ्ना विद्यार्थी सोही पुल भएर विद्यालय आउने भएकाले स्वयम् बाढीबाट क्षति व्यहोरेकाले आफ्ना तर्फबाट तत्काललाई सिमेन्ट सहयोग गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुङ्गानाले बताउनुभयो ।

मेलम्ची–११ फट्टेमा रहेको पक्की पुल बा,ढीले बगाएको र झोलुङ्गे पुलबाट पनि दुई पाङ्ग्रे सवारीलाई रोक लगाइएपछि पनि सवारीसाधन आवतजावत गर्न थालेपछि जोखिम बढेकोमा चिन्तित रहेको र अहिले यसको संरक्षणकार्य अघि बढेकाले ढुक्क हुने अवस्था बनेको मेलम्ची–७ का बासिन्दा चक्रबहादुर तामाङले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।