रातिदेखि परेको अविरल वर्षाका कारण प,हिरामा तीन बेपत्ता, एकको उद्धार
नवलपुर, ११ भदौ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोटमा प,हिरो खस्दा तीन बेपत्ता भएका छन् ।
हुप्सेकोट–४ माथिल्लो चारघरे रुम्सीमा आज बिहान खसेका प,हिरामा परी तीन बेपत्ता हुनुका साथै एक घा,इते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार पहिराले चार घरेका ५० वर्षीय हस्तबहादुर पुलामीको घरमा पूर्णरुपमा क्ष,ति पु¥याएको छ ।
उहाँका अनुसार प,हिराले पुरेका अवस्थामा उहाँलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा ल्याइएको छ । प,हिरामा बेपत्ता भएकाको खोजी जारीे छ ।
पहिरामा परी पुलामीकी ४० वर्षीया श्रीमती धनमाया , सात वर्षीया नातिनी भूमिसरा र छ वर्षीया नातिनी देउमाया पुलामी बेपत्ता भएका सूचना अधिकारी सिंहले बताउनुभयो ।


