प्रदेश १ मा आज ४८३ जनामा कोरोना संक्रमण पुष्टि,७ को मृ त्यु

विराटनगर, १२ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८३ जनामा कोरोना संक्रमण भएको छ । ७७९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र १ हजार १०३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १२०, मोरङमा ७५, झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा ४–४, संखुवासभामा २, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

सुनसरीको इटहरीमा ९३, धरानमा १९, बराहक्षेत्रमा ३, रामधुनीमा २, दुहवी, बर्जु र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ३८, बेलबारीमा १८, केराबारी र सुन्दरहरैचामा ५–५, लेटाङमा ३, कानेपोखरी र पथरीशनिश्चरेमा २–२, बुढीगंगा र कटहरीमा १–१, झापाको दमक र भद्रपुरमा ९–९, गौरादहमा ७, मेचीनगरमा ४, हल्दिबारी र विर्तामोडमा ३–३, शिवसताक्षी र कमल गाउँपालिकामा २–२, बुद्धशान्तिमा १, पाँचथरको फिदिममा २०, हिलिहाङमा १, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १–१, उदयपुरको चौदण्डीगढीमा ३, बेलकामा १, संखुवासभाको चैनपुर र खाँदबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको दिक्तेल रुपाकोटा मझुवागढीमा १–१ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २४३ महिला र २५४ पुरुष छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ४ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।