नेपालकी पलेशाले बेलायती खेलाडीसँग प्रतिस्पर्धा गर्ने

काठमाडाँै, १५ भदौ । टोकियो–२०२० पारालिम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफ्नो पहिलो चरणको खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

आज सार्वजनिक भएको ड्र अनुसार पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा बेलायती खेलाडी बेथसँग प्रि क्वाटर फाइलनमा खेल्ने पक्का भएको हो । पलेशाको खेल शुक्रबार बिहान हुनेछ । उनको तौल समूहमा कूल ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पलेशाले बेलायती खेलाडीलाई हराएरमा क्वाटर फाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्ने छिन् । नेपालबाट पारालिम्पिकमा पलेशाले वाइल्ड कार्डबाट स्थान बनाएकी हुन् ।

एशियन च्याम्पियनसिपमा काश्य विजेता पलेशाले विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन । पारालिम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित छ सदस्यीय नेपाली टोली यसअघि नै जापानको टोकियो पुगिसकेका छन् । पारालिम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा सहभागी भएका छन् ।(रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।