प्रदेश १ मा आज ३८७ जनामा कोरोना संक्रमण पुष्टि,२ को मृ त्यु

विराटनगर, १५ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २–२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा २२, विर्तामोडमा २०, बुद्धशान्ति र कनकाईमा ९–९, गौरादहमा ८, मेचीनगरमा ७, भद्रपुर र अर्जुनधारामा ६–६, शिवसताक्षीमा ५, बा¥हदशी र कमल गाउँपालिकामा २–२, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा ६४, धरानमा १६, रामधुनीमा ५, बराहक्षेत्रमा ४, इनरुवामा २, दुहवी, हरिनगर र कोशी गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ४३, सुन्दहरैचामा १०, केराबारीमा ७, उर्लाबारीमा ६, लेटाङमा ३, बुढीगंगा, बेलबारी र पथरीशनिश्चरेमा २–२, रतुवामाईमा १, इलामको इलाम नगरपालिकामा ३, रोङमा २, संखुवासभाको मकालु, खाँदबारी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिकामा २, ओखलढुङ्गाको सिद्धिचरण, उदयपुरको त्रियुगा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९३ महिला र २०० पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा महिला र पुरुष १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖