उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार

काठमाडौँ, १६ भदौ । काठमाडौँ उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध रातिमा पनि कारबाही सुरु गरेको छ ।

रातको समयमा तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दु,र्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो ।

महाशाखाका अनुसार कोटेश्वर–सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा उक्त अभियान थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समयमा त्यस्तै चौडा सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ । त्यसैले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यसअघि दिउँसो जाँचसहित तीव्र गतिमा सवारी चलाउने ३५÷४० जना चालकलाई लेजर गनमार्फत कारबाही हुँदै आएको थियो । उक्त अभियानलाई दिउँसोमा थप प्रभावकारी बनाउँदै अब भने रातको समयमा पनि सञ्चालन गरिएको हो ।

उहाँले आज रातिदेखि नै नाइट भिजन लेजर स्पिड गनको प्रयोग सुरु गरेको र यसले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

उक्त अभियानकै समयमा स्पिड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो, ग्वार्को क्षेत्रमा ओभर स्पिडमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको महाशाखाले जानकारी दिएको छ । महाशाखाले लापरबाहीका साथ सवारी नचलाउन सवारी चालकलाई अनुरोध पनि गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖