आज एक हजार २६८ व्यक्तिमा सङ्क्रमण

काठमाडौँ, १९ भदौ । कोरोना भाइरसको सङ्क्रमण आज एक हजार २६८ व्यक्तिमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत २४ घण्टामा नौ हजार ८७५ मा परीक्षण उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । शुक्रबार एक हजार ७५६ व्यक्तिमा सङ्क्रमण देखिएको हो । सक्रिय सङ्क्रमित ३१ हजार ८२६ रहेका छन् ।

दुई हजार १९५ निको

सङ्क्रमणबाट निको भई आज दुई हजार १९५ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख २५ हजार ६५१ व्यक्ति निको भई घर फर्किएका हुन् । शुक्रबारको तुलनामा निको हुने दर आज पनि बढेको छ । आज निको हुने दर ९४.५ प्रतिशत पुगेको छ । लगातार तीन दिनदेखि निको हुने दर बढेको छ । बुधबार ९४.१ प्रतिशत, बिहीबार ९४.२ र शुक्रबार ९४.३ प्रतिशत निको हुने पुगेका छन् ।

नौ जनाको निधन

सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या विगत २४ घण्टामा घटेको पाइएको छ । सङ्क्रमणबाट आज नौ जनाको ज्यान गएको छ । यो सङ्ख्या यस महिनाको कम हो । शुक्रबार २३ जनाको सङ्क्रमणका कारणले निधन भएको थियो ।

अहिलेसम्म १० हजार ८१८ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६४.६ जनाको सङ्क्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५५४ जना सघन उपचारकक्ष (आइसीयू), १७२ भेन्टिलेटर, २९ हजार ६५८ होम आइसोलेशन, दुई हजार १६८ संस्थागत आइसोलेशन र २७४ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्ला १९ छन् । एक लाख सात हजार ५९८ जनाले आज कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖