प्रदेश १ मा आज ३२७ जनामा कोरोना संक्रमण पुष्टि,१० को मृ त्यु

विराटनगर, २० भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण देखिएको छ ।

१ हजार ८१ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०१, झापामा ९१, सुनसरीमा ४१, इलाम र ताप्लेजुङमा ४–४, तेहृथुममा ३, उदयपुर र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा २८, उर्लाबारी र बुढीगंगामा ७–७, पथरीशनिश्चरेमा ५, लेटाङमा २, रंगेली, बेलबारी, मिक्लाजुङ र ग्रामथानमा १–१, झापाको दमकमा १७, शिवसताक्षीमा १६, विर्तामोडमा १३, कनकाईमा ११, अर्जुनधारामा १०, मेचीनगरमा ९, बुद्धशान्तिमा ६, गौरादहमा ५, कमल गाउँपालिकामा ४, सुनसरीको इटहरीमा २९, बराहक्षेत्रमा ५, दुहवीमा ३, रामधुनीमा २, हरिनगर र स्थानीय तह नखुलेका १–१, इलामको देउमाईमा २, रोङ र चुलाचुलीमा १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा २, श्रीजंगा र मिक्वाखोलामा १–१, तेहृथुमको म्याङलुङमा ३, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको चैनपुरमा २, पाँचथरको फिदिम, भोजपुरको षडानन्द र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र २०७ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ४ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
दष्mबबि२ण्ढड

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।