प्रदेश १ मा आज ३९९ जनामा कोरोना संक्रमण पुष्टि,६ को मृ त्यु

विराटनगर, २२ भदौ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा ६, इलाममा ३, पाँचथर, उदयपुर र संखुवासभामा १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ८९, पथरीशनिश्चरेमा १०, केराबारीमा ७, बेलबारी र उर्लाबारीमा ३–३, बुढीगंगा, ग्रामथान, रंगेली र सुन्दरहरैचामा २–२, कटहरी, रतुवामाई, कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ७३, धरानमा ४, रामधुनीमा ३, इनरुवामा २, दुहवी, गढी, देवानगञ्ज र बराहक्षेत्रमा १–१, झापाको दमकमा १६, भद्रपुरमा १२, मेचीनगर र विर्तामोडमा ४–४, शिवसताक्षीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा २–२, कचनकवल र कमल गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिमा ६, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको मिक्लाजुङ, उदयपुरको त्रियुगा र संखुवासभाको खाँदबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९२ महिला र २०६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।