१५ मिनेटका लागि संसदको दोस्रो बैठक पनि स्थगित
काठमाडौं, २३ भदौ /प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि वुधवार बसेको संसदको दोस्रो बैठक पनि स्थगित भएको छ ।
एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि लागि स्थगित गरेका छन् ।
सभामुख अग्नि सापकोटाले एमाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारबाही गरेको निर्णयलाई प्रक्रियामा नलगेको भन्दै बैठक सुरु भएलगत्तै अवरोध गरेको थियो ।
अवरोधपछि १५ मिनेटका लागि बैठक स्थागित गरिएको थियो । १५ मिनेटपछि बसेको दोस्रो बैठकपनि एमालेका सांसदले अवरोध गरेपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् ।
एमाले सांसदले नारावाजी नरोकेपछि उनले मागमा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद संचालनमा सहयोग गर्न आग्रह पटकपटक गरेका थिए । उनले संविधान नियम र कानुन अनुसार चल्न आग्रह गर्दै बैठक संचालन गर्न आग्रह गरेका थिए ।
संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूकाे नाराबाजी
काठमाडौं, २३ भदौ/प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन ।
यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।


