किसान गोलभेँडा खेतीमा आकर्षित

पाल्पा, २४ भदौ । बाँदरले अन्नबालीलाई नोक्सानी गर्नथालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् । जिल्लाको रैनादेवी छहरा, रिब्दीकोट, बगनासकाली, माथागढी गाउँपालिकामा व्यावसायिकरूपमा बाँदरले नोक्सान नगर्ने तरकारी तथा फलफूल खेती सुरुआत गरिएको छ।

पछिल्लो समय सामुदायिक वन संरक्षणले वन्यजन्तुको सङ्ख्या बढेका छन् । मानव बस्ती नजिकै लोपोन्मुख जनावर अहिले देखिन थालेको किसानको दाबी छ । बाँदर, बदेँल र दुम्सीलगायतका जनावरका कारण किसानले बाली उत्पादनमा नोक्सानी व्यहोर्दै आएका छन् ।

बाँदरले खेतबारीमा मात्र होइन, घरमै पसेर नोक्सानी गर्न थालेपछि आफू गोलभेँडा खेतीप्रति आकर्षित भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङगका विनबहादुर दर्नालले बताउनुभयो।

पाँच÷सात रोपनीमा मकैखेती गर्ने उहाँ अहिले व्यावसायिकरूपमा गोलभेँडा खेतीमा लागिपरेका हुन् । यहाँका १०० भन्दा बढी दलित तथा गैरदलित समुदायका मानिस अहिले मकैखेती छाडेर गोलभेँडा खेतीप्रति आकर्षित भएका छन् ।

बाँदरले मकै, सिमी, गोपी, धान बालीमा क्षति गर्छ भने खुर्सानी, अदुवा, कागतीलगायतमा नोक्सानी नै गर्दैन । कोरोनाले अधिकांश युवा भारतमा रोजगारी गुमाएर घर फर्केका छन् । ती युवा पनि अहिले व्यावसायिकरूपमा गोलभँेडा खेतीमा मेहेनत गरी पैसा कमाउने योजनामा छन् । स्थानीयवासी सूर्यबहादुर दर्नालले भारतमा रोजागरी गुमाएर दुई महिनामा घर फर्केर गोलभेँडा र खुर्सानी खेतीमा लागिएको बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिकाका प्रवक्ता विष्णु पोखरेलले बाँदरबाट प्रभावित किसानका लागि नोक्सानी नहुने अन्नबाली तथा फलफूलप्रति आकर्षित गर्ने कार्यक्रम ल्याएको बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।