ताप्लेजुङमा साढे २९ हजारले लगाए पूर्ण खोप, ६ हजार बढीले दोस्रो डोज लिन बाँकी

खगेन्द्र अधिकारी/ताप्लेजुङ, २५ भदौ । ताप्लेजुङमा २९ हजार ४ सय ३ जनाले कोभिड १९ संक्रमणविरुद्धको पूर्ण खोप लगाएका छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार भेरोसेल, जोन्सन एण्ड जोन्सन, कोभिशिल्ड र एस्ट्राजेनेका खोप लगाएका हुन् । ६ हजार १ सय ४३ जनाले पहिलो डोजमात्र लगाएका छन् ।

सबैभन्दा धेरै १३ हजार ७ सय ४६ जनाले भेरोसिल खोपको दुवै डोज लगाएको सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिइन् । उनका अनुसार ५ हजार ७ सय ५० जनाले एकडोज मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

२ हजार १ सय ५९ जनाले कोभिशिल्ड खोप लगाएका छन् । कोभिशिल्डको पहिलो डोज लगाएकालाई लगाउन मिल्ने एस्ट्राजेनेका खोप कोभिशिल्डकै दोस्रो मात्राको रुपमा ७ हजार ९ सय २८ जनाले लगाएका छन् ।

अझै पनि कोभिशिल्डको पहिलो मात्रा लगायका तर दोस्रो मात्रा लगाउनबाट छुटेकाहरुको संख्या धेरै रहेको प्रशासन कार्यालयले जनाएको छ । तथ्याङ्कअनुसार कोभिशिल्डको पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा स्वरुप एस्ट्राजेनेका खोप नलगाएकाको संख्या ४ हजार १ सय ४ जना रहेको छ ।

भेरोसेलको दोस्रो डोल लगाउन बाँकी संख्या १ हजार ६६ रहेको छ । ५ सय ७३ जनाले एस्ट्राजेनेकाको पहिलो खोप लगाएका छन् । तर दोस्रो डोज लगाएका छैनन् ।

स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर दिनेश रायकाअनुसार अहिले यहाँ २ हजार ९ सय ९० जनालाई पुग्नेगरी एस्ट्राजेनेका र १ हजार ८८ जनालाइ पुग्नेगरी भेरोसेल खोप मौज्दात रहेको छ । मौज्दात रहेको यो खोप २७-२८ भदौमा दुइदिन फक्ताङ्लुङ र फुङलिङ नगरपालिका क्षेत्रमा बसोबास गर्नेलाई लक्षित गरी लगाइँदैछ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले यसअघि पहिलो मात्रा लगाएका सबैका लागि पुग्नेगरी खोपको दोस्रो मात्रा आएकोले सम्बन्धित खोप केन्द्रमार्फत दोस्रो मात्रा लगाउन आग्रह गरेका छन् ।

पाण्डेले खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइसकेपछि बचत भएको खोप फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा प्रयोग गर्ने गरी निर्णय भइसकेको जानकारी दिए । पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुट भएका दोस्रो मात्रा लिन योग्य भएकाहरुलाई प्राथमिकताका साथ दोस्रो मात्रा उपलब्ध गराउने जिल्ला खोप समन्वय समितिले निर्णय गरिसकेको छ । दोस्रो मात्रासमेत लगाएर बचत भएको खोप फुङ्लिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिका क्षेत्रमा १८ बर्ष पूरा भएका विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका र अन्यलाई क्रमैसँग प्राथमिकता क्रममा लगाइने तयारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख राजकुमार पोखरेलले जानकारी दिए ।

५ प्रतिशतमात्र सक्रिय संक्रमित

ताप्लेजुङमा शुक्रवार अपरान्हसम्ममा सक्रिय कोरोना संक्रमित करिव ५ प्रतिशतमा झरेको छ । अहिले १ सय २७ जना मात्र सक्रिय संक्रमित रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता २ हजार ४ सय ७३ जनामा संक्रमण देखिएकोमा २ हजार ३ सय ३० जना संक्रमणमुक्त भएका छन् । सबैभन्दा बढी संक्रमित पाथीभरा याङ्वरकमा रहेका छन् । त्यहाँ ६४ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ । आठराइ त्रिवेणी, मैवाखोला र मेरिङ्देन गाउँपालिकामा सक्रिय संक्रमित छैनन् । जिल्ला अस्पतालमा परीक्षण गराएका ४५ सहित फुङ्लिङ नगरपालिकामा ५१ जना सक्रिय संक्रमित छन् । मिक्वाखोला गाउँपालिकामा ३ जना, फक्ताङ्लुङ र सिरिजंगा गाउँपालिकामा १–१ जना र सिदिङ्वा गाउँपालिकामा ७ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।