बिपी प्रतिष्ठानका स्वास्थ्यकर्मी नियमित काममा फर्के

प्रकाश तिम्सिना/सुनसरी, २७ भदौ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिको धेरै माग पूरा भएको र बाँकी पूरा हुने प्रक्रियामा रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मी नियमित काममा फर्केका हुन् । योसँगै आजैदेखि ओपिडीसहितका अन्य सेवाहरू पनि सुचारु भएको छ ।

संघर्ष समितिका सदस्य डा. पदम नेपाललीले स्वास्थ्य मन्त्रालयसहित सबै पक्षबाट अनुरोध भएका कारण ओपिडीसहितका सबै सेवाहरू सञ्चालनमा आएको बताए । उनले उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहेको प्रष्ट पारे । साथै, पदाधिकारीहरू चढ्ने गाडीको चाबी नियन्त्रण पनि यथावत रहने उनले बताए ।

उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेपछि आन्दोलनरत पक्षले एक साताअघिदेखि इमरजेन्सी र कोभिड अस्पतालबाहेक सबै सेवा बहिष्कार गरेको थियो । उनीहरूले नियमित सेवा ठप्प पारेर एक सातादेखि उपकुलपति कार्यालय अगाडि विरामीलाई बाहिरैबाट सेवा दिएका थिए ।

सहमति पुनः कार्यान्वयनमा ढिलासुस्ती भएमा कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।