बस र ट्रक एकआपसमा ठो,क्किँदा तीन जनाको मृ,त्यु, २४ घा,इते
दयाराम आचार्य ,कावासोती, २९ भदौ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठो,क्किँदा तीन जनाको मृ,त्यु भएको छ भने २४ घा,इते भएका छन् ।
काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठो,क्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृ,त्यु भएको हो । मृ,तकको अझै पहिचान खुलेको छैन । उहाँका अनुसार मृ,त्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।
बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी ट्रकका चालकसमेत घा,इते भएका छन् ।
घाइतेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।


