मोटरसाइकल दु,र्घटना हुँदा एक जनाको मृ,त्यु

धनुषा, १ असोज । मोटरसाइकल दु,र्घटना हुँदा एक जनाको मृ,त्यु भएको छ भने एक जना घा,इते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित चोकमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु७२प ४७९२ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स४प ७९२६ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दु,र्घटना भएको प्रहरीले जनाएको छ ।

दु,र्घटनामा परेर स४प ७९२६ नंको मोटरसाइकल चालक सिरहाको विष्णुपुर गाउँपालिकाको नरहा बस्ने ३० वर्षीय रुपेश यादवको घटनास्थलमै मृ,त्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार लु७२प ४७९२ नम्बरको मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ बस्ने ४६ वर्षीय मोहम्मद हासिम घाइते भएका छन् ।

घा,इतेको उपचार स्थानीय स्वास्थ्य केन्द्रमा भइरहेको र उनको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।