दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले संचालित ‘हेल्लो परामर्श सेवा’ बन्द

ओखलढुङ्गा, ४ असोज । दीर्घरोगीलाई टेलिफोनमार्फत सेवा दिने उद्देश्यले जिल्लामा सुरुआत गरिएको ‘हेल्लो परामर्श सेवा’ बन्द भएको छ ।

कोरोना महामारीका सयममा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जान नसक्ने दम, उच्च रक्तचाप, मधुमेह, बाथ, मिर्गाैलाजस्ता बिरामीलाई सल्लाह दिन सो सेवा थालिएको थियो ।

सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन जारी गरेपछि दीर्घरोगीले नियमित सेवन गर्ने औषधि खरिद गरिदिन र फलोअपका लागि अस्पतालसम्म पु¥याइदिन माग गरेका थिए । ती बिरामीले नै एक वर्षसम्म सो सेवा नलिएपछि बन्द गरिएको जनाइएको छ ।

सेवा लिने नागरिकले नै चासो नदेखाएपछि हाल उक्त सेवा बन्द गरिएको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज बानियाले जानकारीदिनुभयो । “सेवा त सुरु गरियो तर, खै किन हो ? जानकारी नभएर हो कि सेवाग्राही नै भएनन् ।

त्यसैले अहिले बन्द गरेका छौँ ।” उहाँले भन्नुभयो । “निकै प्रभावकारी हुने अनुमान गरिएको थियो । सोचेजस्तो भएन ।” विशेषज्ञ डाक्टर परामर्शका लागि तयारी अवस्थामा राखिएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।