प्रदेश १ मा आज २१५ जनामा कोरोना संक्रमण पुष्टि,३ को मृ त्यु

विराटनगर, ४ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१५ जनामा कोरोना संक्रमण भएको छ । ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ र २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा १८, शिवसताक्षी र कनकाईमा १५–१५, अर्जुनधारामा १२, दमकमा ७, भद्रपुर र गौरादहमा ५–५, मेचीनगरमा ८, झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, हल्दिबारी, बुद्धशान्ति र कचनकवलमा १–१, सुनसरीको इटहरीमा २७, धरानमा ७, बराहक्षेत्रमा २, इनरुवा र रामधुनीमा १–१, मोरङको विराटनगरमा १७, उर्लाबारीमा ६, सुन्दहरैचामा ३, बेलबारी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।