प्रदेश १ मा आज थप ३२० जनामा कोरोना संक्रमण पुष्टि,४ को मृ त्यु
विराटनगर, ६ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५९ जनाको पीसीआर परीक्षण गर्दा २२९ र ४५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९३, झापामा ७९, सुनसरीमा ४८, पाँचथरमा २, धनकुटा, संखुवासभा र तेहृथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ५२, पथरीशनिश्चरेमा १५, बेलबारीमा ८, रतुवामाई र लेटाङमा ५–५, सुन्दरहरैचामा ३, सुनबर्षी, उर्लाबारी, मिक्लाजुङ, धनपालथान र कटहरीमा १–१, झापाको विर्तामोडमा २०, दमकमा १७, कनकाईमा १०, शिवसताक्षी र अर्जुनधारामा ८–८, भद्रपुरमा ६, मेचीनगरमा ५, बुद्धशान्तिमा ४, झापा गाउँपालिकामा १, सुनसरीको इटहरीमा २८, धरानमा १८, रामधुनी र इनरुवामा १–१, धनकुटाको पाख्रिबास, संखुवासभाको चैनपुर र तेहृथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १७४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ८७ महिला र ८७ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा १ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


