राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त

काठमाडौँ, ७ असोज । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को केन्द्रीय अध्यक्षमा राष्ट्रिय समाचार समिति (रासस) का प्रदीपराज वन्तसहित १३ सदस्यीय कमिटी निर्विरोध चयन भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूह, एनएफपिजे नेपालको १२औँ केन्द्रीय अधिवेशन तथा २५औँ वार्षिकोत्सव रजत जयन्ती सम्पन्न भएको छ । काठमाडौँमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने दुई केन्द्रीय सदस्य केन्द्रीय कमिटिले मनोनित गर्ने छ । राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग गरी निर्विरोध नयाँ कार्यसमिति चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससकी भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटर्स नेपालका मुकुन्द कालीकोटे रहनुभएको छ ।

त्यस्तै केन्द्रीय सदस्यमा नयाँपेजका प्रवीण कुलुङ राई, अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिशसिंह नगाल, अनलाइनखबरका आर्यन धिमाल, थाहाखबरकी शिला तिमिल्सिना, नेवाः टाइम्सकी रमिता छुँजु र प्रभाव दैनिकका प्रदीपकुमार श्रेष्ठ चयन हुनुभएको छ ।

कार्यक्रममा एनएफपिजे हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६÷७७ बाट मनोरञ्जनतर्फ नवराज वाग्ले र कपिल खड्का, खेलकुद विधामा सत्यम श्रेष्ठ र उज्जवल डङ्गोल, पर्यापर्यटनतर्फ नारायण सिलवाल र प्रेम थापा, संस्कृति सम्पदातर्फ शोभा मर्हजन र प्रदीप शाक्य तथा साहासिकतर्फ मुकुन्द कालीकोटे र पूर्णिमा श्रेष्ठलाई प्रमाणपत्र र चाँदीको तक्मा प्रदान गरिएको थियो ।

पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाका नाममा स्थापना गरिएको माधव थापा जोखिम पूर्ण फोटो पत्रकारिता पुरस्कार शिलापत्रका फोटो पत्रकार सुशीलकुमार श्रेष्ठलाई नगद रु १० हजारसहित प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो भने काठमाडौँ फोटोग्राफर सङ्घका अध्यक्ष डिगम्बर राजवंशी, पूर्वअध्यक्ष विकास रौनियार र कविन्द्रमान शाक्यले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो। निर्वाचन प्रक्रियामा व्यवसायी तथा समाजसेवी नारायण श्रेष्ठ, पत्रकार माधव बराल र पूर्वअध्यक्ष कविन्द्रमान शाक्यको निर्वाचन कमिटीले सहयोग गरेको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।